aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

समाज लघुवित्तले पहिलो त्रैमासमा कमायो ३९ लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
समाज लघुवित्तले पहिलो त्रैमासमा कमायो ३९ लाखभन्दा बढी नाफा

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत भदौ ४ गतेदेखि ८ गतेसम्म आईपीओ विक्री गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।

 असोज ८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको यो कम्पनीको शेयर कारोबार नै नभई कारोबार रोक्का भएको छ । स्वस्तिक लघुवित्तसँगै मर्जरमा जाने सम्झौता गरेकाले कम्पनीको शेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनीविच असोज ५ गते मर्जर सम्झौता भएको हो ।

पहिलो त्रैमासमा कम्पनीले ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा ३ हजार रुपैयाँ थियो । यो वर्ष कम्पनीको नाफामा उल्लेख्य बृद्धि भएको हो । यो वर्ष कम्पनीले  ६ करोड ३५ लाख ४४ हजार रुपैयाँ खराब कर्जा संकलन गरेकाले नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष कम्पनीले पहिलो त्रैमासमा २ लाख ४१ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको थियो । 

सर्वसाधारणलाई आईपीओ विक्री पछि समाज लघुवित्तको चुक्तापूँजी रू. २ करोड पुगेको छ । समाजले सर्वसाधारणका लागि ८६ लाख रुपैयाँ बराबरको शेयर विक्री गरेको हो । कम्पनीको जगेडा कोष रकम यस वर्ष ऋणात्मकबाट सुधारिएको छ । गत वर्ष ३७ लाख ४५ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम यस वर्ष १० लाख २० हजार रुपैयाँ कायम भएको छ । 

यस वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा १८१ प्रतिशत बढी  १६ करोड ९८ लाख ६५ हजार रुपैयाँ कर्जा सापटी लिएको छ । यस वर्ष गत वर्षभन्दा २३१ प्रतिशत बढी  २१ करोड ३४ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३०२ प्रतिशत बढी ४ करोड ३६ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक  १९ दशमलव ५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १०५ दशमलव १० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस