aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

स्वदेशी लघुवित्तको सिइओद्वारा राजीनामा, कायम मुकायमको जिम्मा  राजनले पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ कार्तिक २०७७
स्वदेशी लघुवित्तको सिइओद्वारा राजीनामा, कायम मुकायमको जिम्मा  राजनले पाए
गोविन्द चापागाई, राजन मगर

काठमाडौं । स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले राजीनामा दिएका छन् । चापागाईको राजीनामालाई कम्पनीको कात्तिक १७ गतेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको समेत जिम्वेवारी चापागाईले पुरा गर्दै आएका थिए । 

उनको राजीनामा पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तथा सचिवको जिम्वेवारी कम्पनीका कायम मुकायम नायव प्रबन्धक राजन मगरलाई दिने निर्णय कम्पनीको कात्तिक १७ गतेकै बैठकले गरेको छ । मगरले मंसिर १ गतेदेखिनै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी पुरा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस