aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

पहिलो त्रैमासमा आरएमडिसी लघुवित्तको नाफा ६ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
पहिलो त्रैमासमा आरएमडिसी लघुवित्तको नाफा ६ करोडभन्दा बढी

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक १९ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस वर्ष पहिलो त्रैमासमा  ६ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा यो वर्ष सोहि अवधिमा १७ प्रतिशत घटेको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा  ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत र सञ्चालन नाफा १६ प्रतिशत घटेसँगै नाफा घटेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख रुपैयाँ छ ।
 
यस वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ सापटि लिएर ८ अर्ब २७ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले सभ्भावित जोखिम बापतको व्यवस्थामा रू. १० लाख ६७ हजार छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी  २३ दशमलव ४३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ रहेको छ । कम्पनीले यस त्रैमासमा १३ दशमलव ३४ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस