aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

स्वदेशी लघुवित्त वित्तीय संस्थाको नाफा ७४ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ कार्तिक २०७७
स्वदेशी लघुवित्त वित्तीय संस्थाको नाफा ७४ प्रतिशत बढ्यो

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासमा गत वर्षको सोहि अवधिको तुलनामा ७४ प्रतिशत  बढी नाफा गरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड ९१ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ३ करोड ३३ लाख रुपैयाँ कमाएको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले  ९ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत वृद्धि भएको हो । त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमासमा ५ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७४ प्रतिशत वृद्धि भएको हो । हाल कम्पनीको चुक्तापूँजी  २७ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा  १३ करोड ६८ लाख रुपैयाँभन्दा बढी रहेको छ । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६९ करोड १६ लाख रुपैयाँ कर्जा सापटि लिएर,  ४ अर्ब १३ करोड १३ लाख कर्जा प्रवाह गरेको छ । यो त्रैमासमा कम्पनीले  १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ९९ प्रतिशत रहेको छ । 

यो कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७० प्रतिशत थियो । गत वर्षभन्दा यो वर्ष कम्पनीको निष्क्रिय कर्जाको अनुपात घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४८ दशमलव ४० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४९ दशमलव ५७ रुपैयाँ रहेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १२ दशमलव २३ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस