aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एनएमबि बैंकद्वारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
एनएमबि बैंकद्वारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी

कठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बीमा दावी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ ।  तलव खाता अन्तर्गत, हालसम्म जम्मा ७ लाख ४१ हजार ७२२ र सहारा बचत खाता अन्तर्गत ४५ लाख २२ हजार ३७१ बीमा दावी भुक्तानी गरिसकेको छ । 

आफ्नो स्थापना काल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यको अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।

बैंकको तलव खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम को साथै दश लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको ईन्स्युरेन्स पार्टनरहरुमा एनएलजी ईन्स्युरेन्स, शिखर ईन्स्युरेन्स, नेको ईन्स्युरेन्स, रिलाईन्स लाइफ ईन्स्युरेन्स, सागरमाथा ईन्स्युरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको छ ।

एनएमबि बैंकले १८६ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ३ हजार ५ सय क्यूआर र १० हजार ७० भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस