aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सार्क गभर्नर बैठकः डिजिटल कमन करेन्सीको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
सार्क गभर्नर बैठकः डिजिटल कमन करेन्सीको प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्क राष्ट्रहरुमा डिजिटल कमन करेन्सी अवलम्वन गर्न प्रस्ताव गरेका छ । बुधबार भएको ४० औं सार्क फाइनान्स गु्रप मिटिङको भर्चुअल बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा डिजिटल कमन करेन्सी अवलम्वन गर्न प्रस्ताव गरेका हुन् । 

सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरू सहभागी उक्त बैठकमा अधिकारीले सार्कका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अबलम्बन गर्न सार्क फाइनान्सस्तरमा अध्ययन गर्नुपर्ने धारणा राखेका हुन् । 

उक्त बैठकमा नेपालका गभर्नर अधिकारीले कोभड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर, त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका नीतिगत व्यवस्थाका वारेमा बताएका थिए ।  नीतिगत ब्याजदरमा  कटौती, पुनरकर्जाको सीमा वृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजिङ व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनरतालिकीकरण, पुनर्संरचना लगायतका विषयमा बताएका थिए । कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्य रुपमा वृद्धि भएको र यसले वित्तीय पहुँचमा वृद्धि हुने धारणा समेत राखेकाका थिए ।  

सन् २०२० का लागि सार्क फाइनान्सको अध्यक्षको रुपमा भारतको रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले अध्यक्षता गरेका थिए । बैठकमा दा अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्व बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर र डेपुटी गभर्नरहरूको सहभागी थियो । 
 

प्रतिक्रिया दिनुहोस