aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एभरेष्ट बैंकले लाभांश प्रस्ताव गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
एभरेष्ट बैंकले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । एभरेष्ट बैंकले यस वर्षका लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १९ गतेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस