
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ लागि कुल १७ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १९ गतेको सञ्चालक समितिको बैठकले १६ दशमलव ९४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८५ करोड ५१ लाख ४० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण योग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस