aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
हिमालयन बिओके मुद्दा

नेपाली बैंकरलाई दोस्रो खुशी, क्षतिपूर्ति माग्ने बैंकको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
नेपाली बैंकरलाई दोस्रो खुशी, क्षतिपूर्ति माग्ने बैंकको तयारी

काठमाडौं । आठ वर्ष पहिला मेलम्ची खानेपानी विकास समितिको आयोजनाको सहायक काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूले प्रारम्भिक चरणमा मुद्दा जितेका छन् । नेपाली बैंकिङ क्षेत्रलाई नै यो मुद्दाका फैसलाले एक प्रकारको ऊर्जा ल्याएको बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

उनले भने, ‘यतिका लामो समयसम्म बैंकको रकम फ्रिज बनाए बापत हामी क्षतिपूर्ति समेत माग्ने पक्षमा छौं ।’ यो केशलाई माया नै मारिसकेको मुद्दा आफूले उठाएर जितसम्म पुर्याएको उनले दावी गरे । 

गत जुनमा भएको बहसको निर्णय आज शुक्रबार दुबै बैंकलाई आएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर जवराले बताए । उनले भने, ‘गत असार तिर भएको बहसको फैसला हाम्रो पक्षमा आएको जानकारी आएको हो । त्यो फैसलामा अझ थप माथिल्लो अदालतमा अपिल गर्न सक्ने ठाउँ पनि राखेको हुनाले अझै पूर्ण रुपमा मुद्दा हाम्रो पक्षमा आइसकेको छैन ।’ ‘यो मुद्दा यूआरडीजी (युनिफर्म रुल फर डिमाण्ड ग्यारेन्टिज्) अन्तर्गतको भएकोले पछि अन्य फैसला हुन्छ कि भनेर आतिन नपर्ने सीईओ राणाले बताए । 

ठेकेदार चाइना रेल्वे ब्यूरो १५ कम्पनीले मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित तल्लो तहको अदालत झेङजु इन्टरमिडियट पिपल्स कोटले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडू र हिमालयनलाई दिन आदेश जारी गरेको थियो । 

यसभन्दा पहिला पनि चाइना रेल्वे ब्यूरो १५ कम्पनीले सोहि अदालतमा मुद्दा हारेका कारणले अब सोहि अदालतमा पुनः मुद्दा दायर गर्दा एकै प्रकृतिको मुद्दामा अन्य फैसला आउन सक्ने सम्भावना भने कम रहेको प्रमुख कार्यकारी अधिकृत राणा बताए । 

हिमालयन बैंकले ६६ करोड र बैंक अफ काठमाण्डूले ८५ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए । करिब आठ वर्षपछिको प्रयासपछि बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा मुद्दा जिते यो खुशीको खबर आयो यो मुद्दा हेरिरहेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले भने । बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो ।

नेपाली बैंकिंङ क्षेत्रलाई यो दोस्रो खुशीको खबर सुनाउन पाए अधिवक्ता पण्डितले बताए ।  यसभन्दा पहिल तनहुँ हाइड्रोसँग जोडिएको नेपाल इन्भेष्टमेन्ट बैंकको इटालीको सिएमसीसँगको मुद्दाको करिब २ अर्ब रुपैयाँको पनि गान्धि पण्डितकै बहसपछि फिर्ता आएको थियो । 

गत जुलाई र अगष्टमा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सवुत प्रमाण पेश गर्न एक महिनाको समय दिएको अधिवक्ता गान्धी पण्डितले बताए । त्यसपछि दुबै बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको प्रमाणका लागि आवश्यक सम्पूर्ण कागजात अदालतमा पेश गरेका थिए । बैंक अफ काठमाण्डूले १४ लाख यूरो र ६६ लाख अमेरिकन डलर एडभान्स पेमेन्ट ग्यारेन्टी राखेको थियो । 
 

प्रतिक्रिया दिनुहोस