
काठमाडौं । चालू आवको पहिलो त्रैमासका लुम्बिनी विकास बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासको यस वर्ष कम्पनीको खुद नाफा १५ दशमलव ४९ प्रतिशत वृद्धि भएको हो । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेकाले पनि खुद नाफा बढेको हो । गत वर्ष १३ कररोड ८४ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीको यस वर्ष यो नाफा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले वितरणयोग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीले रिजेन्ट अर्निङमा २१ करोड ३ लाख ६६ हजार रुपैयाँ, शेयर प्रिमियममा ७६ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी भने १८ प्रतिशत घटेको छ ।
गत आवको पहिलो त्रैमासमा कम्पनीले ३० करोड ६९ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पहिलो त्रैमासमा २४ करोड ९५ लाख ३५ हजार रुपैयाँमा सिमित भएको हो । प्रतिशेयर आम्दानी १६ दशमलव ४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव १९ रुपैयाँ, तरलता अनुपात २६ दशमलव ९१ प्रतिशत रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६० दशमलव ९८रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस