aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले असार २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खाता जम्मा गरिसकेको जानकारी दिएको हो । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हितग्राही खातामा कात्तिक १९ गतेदेखि बोनस शेयर पठाउन शुरु गरेको कम्पनीले जानकारी गराएको छ  । 

साथै असार ३१ गते पछि शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पछि मात्र बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिने कम्पनीको भनाई छ । कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ कयापिटल लिमिटेड रहेको छ । कम्पनीले उक्त बोनस शेयर कात्तिक १७ गतेनै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको छ । 

यस कम्पनीको शेयर कारोबार भने कात्तिक कात्तिक २ गतेदेखि रोक्का भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस कम्पनीलाई प्राप्ती गर्न लागेकाले कारोबार रोक्का भएको हो । तिनाउ मिसन डेभलपमेण्टको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९६ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनीले कात्तिक १ गते प्राप्ती सम्झौता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस