aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मॉ बगलामुखि उपभोक्ता सहकारी महर्जन अध्यक्षमा पुनः  निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
मॉ बगलामुखि उपभोक्ता सहकारी महर्जन अध्यक्षमा पुनः  निर्वाचित

ललितपुर । माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थामा अधिवक्ता लक्ष्मण महर्जन निर्वाचित भएका छन् । ललितपुर महानगरपालिका –११ , कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि।को ११औं वार्षिक साधारणसभाबाट महर्जन निर्वाचित भएका हुन । 

 २०७७ कार्तिक २२ गते ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा साधारणसभा सम्पन्न भएको थियो । सहकारी विभागको निर्देशनलाई पालना गरी भर्चुअल विधिबाट सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मणको अध्यक्षता र सचिव सुनिल महर्जनको चयन भएका छन ।

 त्यस साधारणसभाले सोही संस्थाका अध्यक्ष अधिवक्ता महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाले उल्लेख्य प्रगति गरेको बताएका थिए । 

सहकारीले फुटसल तथा जिमखाना लगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको बताए । सोही सभामा त्यसै संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए।

आर्थिक वर्ष २०७६र०७७ मा सो संस्थामा शेयर पूँजी रु २,५१,०७,९०० रुपैयाँ , निक्षेप संकलन १२,१४,६३,४९५ रुपैयाँ, कर्जा लगानी ११,१७,८५,७७२ रुपैयाँ र कुल सम्पति १६,०८,७६,०७२ रुपैयाँ  रहेको त्यस सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस