aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

समता लघुवित्तको नाफा ३ गुणाभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
समता लघुवित्तको नाफा ३ गुणाभन्दा बढी

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रू. १ करोड ११ लाख ९० हजार खुद नाफा गरेको छ । कात्तिक २४ गते कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार गत वर्ष पहिलो त्रैमासमा कम्पनीको नाफा रू. २८ लाख ३६ हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३ गुणाभन्दा बढी भएको हो । 

यो वर्ष कम्पनीले खराब कर्जा संकलन बढाएकाले नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष पहिलो त्रैमासमा रू. ३० लाख २९ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. २ करोड ५८ लाख २३ हजार यो कर्जा संकलन गरेको हो । खराब कर्जा संकलन बढेसँगै कम्पनीको निष्क्रिय कर्जा अनुपात भने घटेको छ । गत वर्ष निष्क्रिय कर्जा २ दशमलव २२ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ६९ प्रतिशतमा झरेको हो  । 

हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ९३ लाख रहेको छ । यस वर्ष कम्पनीले २६ दशमलव ३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्नपीको भदौ ५ गतेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने निर्णय कम्पनीले गरेको हो । 

चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले जगेडा कोषमा रू. १२ करोड ५१ लाखभन्दा बढी रहेको छ । छ । कम्पनीले यस वर्ष रू. ९८ करोड ४१ लाखभन्दा बढी कर्जा सापटि लिएको छ । रू. ६५ करोड ७६ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ८३ करोड  ३४ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. २३ दशमलव ४२ र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ४९ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस