aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

स्वदेशी लघुवित्तको नाफामा ९२ प्रतिशतले वृद्धि गरी कमायो ४ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
स्वदेशी लघुवित्तको नाफामा ९२ प्रतिशतले वृद्धि गरी कमायो ४ करोडमाथि

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (Swadeshi Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ८१ लाख रुपैयाँ कमाएको छ, जुन  गत वर्षको सोहिअवधिको तुलनामा ९२ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

२३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडाकोषमा १५ करोड ९६ लाख रुपैयाँ छुटाएको छ ।

स्वदेशी लघुवित्तले निक्षेपमा ९१ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जामा ३ अर्ब ४ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५१ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको हो । 

जसको खुद व्याज आम्दानी ५३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी १६ करोड १८ लाख रुपैयाँ पुगेको छ । भने संचालन मुनाफा ९४ दशमलव ८७ प्रतिशतले वृद्धि गरी ७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढेको हुदाँ नाफा पनि बढेको हो ।

स्वदेशी लघुवित्तको निष्कृय कर्जा १ दशमलव ९९ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ८५ प्रतिशत, प्रति शेयर आम्दानी ३३ दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ९२ गुणा, प्रतिशेयर नेटवर्थ १६९ दशमलव ४० रुपैयाँ र तरलता अनुपात ११ दशमलव ८० प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस