aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

स्वाबलम्बन लघुवित्तको नाफा १२ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
स्वाबलम्बन लघुवित्तको नाफा १२ करोडभन्दा बढी

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा गत वर्षभन्दा यस वर्ष ४ दशमलव ६४ प्रतिशतले बढेको छ । कात्तिक २४ गते सार्वजनिक कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणमा यस वर्ष रू. १२ करोड ७७ लाख ७ हजार खुद नाफा गरेको उल्लेख छ । यो नाफा गत वर्ष यस अवधिमा रू. १२ करोड २० लाख ४३ हजार थियो । 

यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ४ दशमलव ६४ प्रतिशतलेनै बढेको छ । गत वर्ष रू. १९ करोड ३७ लाख १९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २० करोड २७ लाख १० हजार यो नाफा गरेको हो । २६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २३ दशमलव ९३ प्रतिशत बढेर रू. १ अर्ब ६८ करोड ६७ लाख ८७ हजार कायम भएको छ । 

गत वर्षभन्दा कम्पनीले २१ प्रतिशत बढी रू. ९ अर्ब ६८ करोड ४३ लाख ९८ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा २ दशमलव ९२ प्रतिशत बढी रू. १५ अर्ब ४८ करोड ५८ लाख ९४ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९५ प्रतिशत पुगेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ६४ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू. ३१२ दशमलव ८७ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस