aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कार्तिक बैंकमा निक्षेप पनि आएन ऋण पनि गएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
कार्तिक बैंकमा निक्षेप पनि आएन ऋण पनि गएन

काठमाडौं । कार्तिक महिनामा वाणिज्य बैंकहरूमा निक्षेप राख्ने र कर्जा लिने दुबै ग्राहक घटेका छन् । कार्तिक महिनामा वाणिज्य बैंकहरूमा २३ अर्ब निक्षेप संकलन गरेका छन् भने ९ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन् । गत असोजमा बैंकमा १३८ अर्ब निक्षेप संकलन भएको थियो भने १२२ अर्ब कर्जा प्रवाह भएको थियो । 

गत असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ३४ खर्ब ८७ अर्ब निक्षेप संकलन भइ २८ खर्ब ७८ अर्ब कर्जा संकलन भएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस