aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा गत वर्षको सोहि अवधिभन्दा १० दशमलव ७२ गुणा बढी भएको छ । कम्पनीले कात्तिक २५ गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. २० करोड १ लाख १६ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको पहिलो त्रैमाससम्म रू. १ करोड ८६ लाख ५१ हजार थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा रू. २० करोड ९ लाख ६३ हजार छ । गत वर्ष यसै अवधिमा यो नाफा रू. ३ लाख ९२ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा उल्लेख्य मात्रामा बृद्धि भएको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ५१ दशमलव ६६ प्रतिशत बढी रू. ३८ करोड १५ लाख ७० हजार खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी रू. २५ करोड १५ लाख ८७ हजार रहेको थियो । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ७४ करोड ३ लाख २९ हजार छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५४ करोड १ लाख ९५ हजार छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम भने घटेको छ । गत वर्ष रू. ७२ करोड ५० लाख ३३ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ५० करोड ३० लाख ४० हजार रहेको छ ।

गत वर्ष रू. २० करोड ४७ लाख ९६ हजार ऋणात्मक रहेको रिटर्न अर्निङमा यस वर्ष रू. ७१ करोड ४ लाख ४९ हजार छुट्याएको छ । रिटर्न अर्निङ्मा बढी रकम छुट्याउदा यस वर्ष कम्पनीको जगेडा कोष रकम कम भएको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले गत वर्षभन्दा १५ प्रतिशत बढी रू. ३६ अर्ब ७२ करोड २० लाख ८२ हजार निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा १५ प्रतिशत बढी रू. २९ अर्ब ९२ करोड ५८ लाख ३० हजार कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा बढेको छ । गत वर्ष १ दशमलव ६१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ६४ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. १२२ दशमललव ६२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस