aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

महुली लघुवित्तको नाफा करिब २७ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
महुली लघुवित्तको नाफा करिब २७ प्रतिशत बढ्यो

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म  ८३ लाख १२ हजार रुपैयाँ रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा २६ दशमलव ८९ प्रतिशत बढी भएको हो ।

यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा कम भएपनि खराब कर्जा संकलन बढेकाले नाफा बढेको हो । गत वर्ष  १ करोड ३२ लाख ५२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष  १ करोड २६ लाख ४४ हजार रुपैयाँ यो नाफा गरेको छ । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ४ दशमलव ५९ प्रतिशत कम भएको हो ।

खराब कर्जा संकलन भने गत वर्षभन्दा यस वर्ष ६ दशमलव ७५ गुणा बढी भएको छ । गत वर्ष  ६ लाख २९ रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले यस वर्ष ४२ लाख ४८ हजार रुपैयाँ यो कर्जा उठाएको छ । हाल कम्पनीको चुक्तापूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन् । जगेडा कोष रकम भने गत वर्षभन्दा १३ दशमलव ६७ प्रतिशत बढी कायम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म  १८ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष २० करोड ५३ लाख १४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीले गत वर्षभन्दा करिब २२ प्रतिशत बढी १ अर्ब १४ करोड २७ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा ११ प्रतिशत बढी २ अर्ब ४१ करोड ६७ लाख ४३ हजार रुपैयाँ  कर्जा प्रवाह गरेको छ । गत वर्ष विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४ करोड ७० लाख १६ हजार रुपैयाँ कर्जा सापटी लिएको कम्पनीले यस वर्ष करिब ३ प्रतिशत कम १ अर्ब १ करोड ७६ लाख ३६ हजार रुपैयाँ कर्जा सापटी लिएको छ ।

गत वर्ष १ दशमलव ६२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ४१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक  ३४ दशमलव ४७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २६७ दशमलव ७४ रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले १८ दशमलव ९० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस