aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

समृद्धि फाइनान्सले पहिलो त्रैमासमा ४७ लाखभन्दा बढी नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
समृद्धि फाइनान्सले पहिलो त्रैमासमा ४७ लाखभन्दा बढी नाफा कमायो

काठमाडौं । चालू आवको पहिलो त्रैमासमा समृद्धि फाइनान्स कम्पनीले रू. ४७ लाख ४५ हजार खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा रू. १० लाख ११ हजार ऋणात्मक थियो ।

यो वर्ष कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. २२ लाख ३२ हजार ऋणात्मक रहेकोमा चालूआवको सोही अवधिमा सुधारिएर रू. ३७ लाख ४० हजार रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३६ लाख ८० हजार रहेको छ । 

चुक्ता पूँजी रू. १८ करोड १९ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २१ करोड ९८ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २४ करोड ८५ लाखभन्दा बढी निक्षेप संकलन गरेर रू. ६ करोड ६७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी रू. २७ लाख ३५ हजार ऋणात्मक रहेको छ । गत आवको पहिलो त्रैमासमा रू. २ दशमलव २२ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष सोहि अवधिमा रू. १० दशमलव ४३ कायम भएको छ । 
 

प्रतिक्रिया दिनुहोस