aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

छुटै छुट माग्दै बैंकर्स संघले मौद्रिक नीतिमा यस्तो सुझाव दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ जेठ २०७६
छुटै छुट माग्दै बैंकर्स संघले मौद्रिक नीतिमा यस्तो सुझाव दियो

काठमाडौं ।  मर्जरमा जाँदा छुट पाउनुपर्नेमा बैंकरहरुले अगाडि सारेका छन् । नेपाल राष्ट्र बैंकसमक्ष आगामी मौद्रिक नीतिप्रति सुझाव दिँदै नेपाल बैंकर्स संघले सोे विषय अगाडि सारेको हो । संघले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधानको लागि तरलता बन्ड जारी गर्नुपर्ने पनि सुझाव दिएको छ ।  

त्यस्तै विदेशी मुद्रामा ऋण लिँदा विनिमय दरको जोखिम हुने भएकाले यसलाई न्यूनीकरण गर्न हेजिङ गर्नुपर्ने भन्दै संघले एक्सटरनल कमर्सियल बरोइङको सुझाब दिएको छ । बैंकहरुले केन्द्रीय बैंकसँग भारतीय मुद्रामा ब्याज आउने गरी लगानी गर्न खुला गर्नुपर्ने माग पनि गरेका छन् । मौद्रिक नीतिसम्बन्धी केन्द्रीय बैंकलाई २७ वटा बुँदामा सुझाव दिँदै नेपाल बैंकर संघले सीसीडी रेसियोलाई परिवर्तन गर्नको लागि कृषिमा दिने कर्जालाई त्यसमा गणना गर्न नहुने माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस