
काठमाडौं । बैकिङ क्षेत्रमा ६ हजारभन्दा बढी कर्मचारीहरूमा कोभिड संक्रमित भएको छ । सो संख्या केही दिन अघि अझ बढ्दै गएको नेपाल बैंकर्स संघले जानकारी गराएको छ । बढ्दै गएको कोभिडका आम कर्मचारी दिनप्रतिदिन असुरक्षित हुँदै गएको बताइएको छ ।
यसैबीच कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकको सम्पूर्ण सेवा बन्द रहने पनि संघले जनाएको छ । यो अवधिमा पनि डिजिटल बैकिङ भने सुचारु रहने संघले जनाएको छ । बैंकहरूले एटीएम सेवा भने यथावत रहने छ । संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैकिङको अधिकतम प्रयोग गर्न समेत ग्राहक वर्गमा अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस