
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनाम ३० करोड ५६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ६१ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ५१ करोड ८९ लाख रुपैयाँ छुट्याएका कारण बैंकको वितरण योग्य मुनाफा कम हुन गएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ८८ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४३ करोड २९ लाख रुपैयाँ बढेर १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ रुपैयाँ ५५ पैसा घटेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस