
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा उक्त लाभांश दिने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस