
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १६ प्रतिशत लाभांश सुरक्षित गर्ने कात्तिक २७ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न मंसिर १५ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांशका लागि आजै लाभांश सुरक्षित गर्नुप्र्ने भएको हो । सभा बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
गत वर्ष बैंकले कुल १७ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष बैंकले ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत कर समेत नगद लाभांश दिएको हो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंकले यो वर्ष बोनसमा जोड दिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकले १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस