aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रभु बैंकबाट क्यूआर कोड स्क्यान गरेर पैसा झिक्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
प्रभु बैंकबाट क्यूआर कोड स्क्यान गरेर पैसा झिक्न पाइने

काठमाडौं । प्रभु बैंक लिमिटेडले मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

 यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग गरेको बैंकले जनाएको छ ।  यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नकोचेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुे बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस