
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्षको तिहारको जस्तै यस वर्षपनि सुन तथा चाँदीका सिक्का बिक्री शुरु गरेको हो । कोरोना भाइरस (कोभिड १९) बीच स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्र बैंकले सुन तथा चाँदीको सिक्का बिक्री गरेको हो । सदाको वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले सुनचाँदीको सिक्का बिक्री गर्न थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए । ‘अहिले सुनचाँदीको सिक्का किन्नेको राष्ट्र बैंकमा घुइँचो लागेको छ,’ उनले भने ‘प्रत्येक वर्ष तिहारमा राष्ट्र बैंकले सुनचाँदीको सिक्का बिक्री गर्दै आएको छ ।’
तिहारको लक्ष्मी पूजाका दिन सुन, चाँदी जस्ता बहुमूल्य बस्तु खरीद गरी पूजा गर्ने परम्परा अनुसार राष्ट्र बैंकले सिक्का बिक्री गर्न थालेको हो । धनतेरसमा सुन तथा चाँदीका सिक्का खरिद गर्नेहरूको संख्या धेरै नहुने भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिक्का बिक्री गरिरहेको नेपाल राष्ट्र बताएको छ ।
भौतिक दुरी कायम हुने गरी लाइन राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सिक्का बिक्री गरिरहेको छ । ‘भौतिक दूरी कायम गरी सिक्का खरिद गरिएको हो । राष्ट्र बैंकले एक पटकमा ३ जनासम्मलाई भित्र पस्न पसाएर सिक्का बिक्री गरिरहेको छ ।
विगतमा वर्षहरू दिनमै ४ सय भन्दा बढीले सुन र चाँदीका सिक्का खरिद गर्ने भएपनि अहिले त्यस्तो धेरै संख्या घटेको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र साढे २ ग्रामका सिक्का बिक्री गरिरहेको छ भने राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री गरिएको छ । राष्ट्र बैंकले लक्ष्मी, गजलक्ष्मी तथा गणेशको मूर्ति भएका चाँदीका सिक्का बेच्न शुरु गरेको छ ।
आज १० ग्रामको सुनको असर्फी किन्न चाहने व्यक्तिले ८३ हजार २ सय ९१ रुपैयाँ खर्चनु पर्नेछ भने अन्य असर्फीको मूल्य पनि सोही भएको उनले बताए । चाँदीको सिक्काको भने १ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने छ । एउटा व्यक्तिले २ वटाभन्दा सुन तथा चाँदीको असर्फी तथा सिक्का किन्न नपाउने राष्ट्र बैंकले जनाएको छ । विहान १० बजेदेखि २ बजेसम्म राष्ट्र बैंकले सर्वसाधारणको लागि सो सेवा दिएको छ । सुनचाँदीको सिक्का बिक्री वर्ष भरिनै हुने भएपनि विशेष गरी धनतेरसमा बढी भिडभाड हुने राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस