
काठमाडौं । सनराइज बैंकको खुद नाफा १५ प्रतिशतले घटेकोछ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटे्को हो। पहिलो त्रैमासमा बैंकले ९२ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै १८ करोड रुपैयाँले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
बैंकको अन्य सञ्चालन आम्दानी भने ११ लाख ५५ हजार रुपैयाँबाट बढेर २ करोड १६ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ५४ करोड ७१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ६४ करोड ५७ लाख थियो।
बैंकको निक्षेप संकलन ९० अर्ब २२ करोड रुपैयाँबाट बढेर ९१ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८१ अर्ब ३ करोड रुपैयाँबाट बढेर ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात १.२७ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ।
प्रतिक्रिया दिनुहोस