aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा ६ करोड ६६ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा ६ करोड ६६ लाख

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३६ करोड ९ लाख कमाएको छ । उक्त नाफा गत वर्षको सोहि अवधिको भन्दा ४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ रहेको छ। बैंकले ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ९५ करोड २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको खराब कर्जा अनुपात ०.३१ प्रतिशतबाट बढेर ०.४२ प्रतिशत पुगेको शुक्रबार प्रकाशित बैंकको वित्तीय विवरणमा उल्लेख छ।

त्यस्तै बैंकको अन्य सञ्चालन आम्दानी पनि १ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ करोड २३ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ५२ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ५५ करोड ८१ लाख थियो।

बैंकको निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर ९७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस