aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एनआईसी एशिया बैंकका अधिकांश सूचकांक सामान्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
एनआईसी एशिया बैंकका अधिकांश सूचकांक सामान्य

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचकांक सामान्य रहेका छन् । शुक्रबार  सार्वजनिक विवरणमा पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ रहेको छ।

 बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ गरेको छ। बैंकको सञ्चालन मुनाफा २ करोड ८४ लाख रुपैयाँ बढेर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ।

 बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ  रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा २ अर्ब २ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको  जगेडा कोषमा ५ अर्ब ५४ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड रुपैयाँ थियो।  ४० रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रति शेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४२ रुपैयाँ १४ पैसा पुगेको छ । 

 बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब ६० अर्ब १८ करोडबाट बढेर १ खर्ब ८९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस