aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३८ प्रतिशतले बढेको छ । 
 
सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३८।९७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख ६२ हजार रूपैयाँ रहेको छ।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ५ करोड ५६ लाख रूपैयाँ छ।  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा खुद नाफा बढेको हो। पहिलो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै २८ करोड रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निक्षेप संकलन १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब १० अर्ब रुपैयाँबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी पनि २ करोड ५२ लाख रुपैयाँबाट बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ८८ करोड ३४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ६२ करोड ९६ लाख थियो।

 

प्रतिक्रिया दिनुहोस