aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

हिमालयन बैंकले चालू आवको पहिलो त्रैमासमा साढे ३६ करोड नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
हिमालयन बैंकले चालू आवको पहिलो त्रैमासमा साढे ३६ करोड नाफा कमायो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात ४७.२९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ६२ लाख ६२ हजार रुपैयाँ रहेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा समीक्षा अवधिमा ४७ करोड २७ लाख रुपैयाँ घटेर ५१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ सञ्चित छ। 

प्रतिक्रिया दिनुहोस