
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो नाफा अघिल्लो वर्षको तुलनामा १२७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ७६ लाख ६३ हजार रुपैया खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।
पहिलो त्रैमासमा लघुवित्तले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी पनि १ करोड २१ लाख वाट बडेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमासमा लघुवित्तले ७१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्ष यस्तो नाफा १ करोड ५ लाख रुपैयाँ थियो । सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा उसको सञ्चालन नाफा कमभएको सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । लघुवित्तले सम्भावित जोखिमवापत १ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ ।
लघुवित्तको कर्जा लगानी १ अर्ब ३६ करोड रुपैयाँवाट बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ३२ करोड ५९ लाख रुपैयाँवाट बढेर ५४ करोड ६५ लाख रुपैयाँपुगेको छ ।
लघुवित्तको खराव कर्जा अनुपात०.३२ प्रतिशतवाट बढेर ०.७० प्रतिशतपुगेको छ । हाल २१ करोड ७७लाख रुपैयाँचुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोषमा७ करोड ८३ लाख रुपैयाँ छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात २५.४१ गुणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस