
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले यो तीन महिनामा कमाएको यो नाफा गत वर्षको तुलनामा १.६९ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १२ करो्ड २५ लाख रुपैयाँ रहेको छ।
पहिलो त्रैमासमा बैंकले ७९ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो। गत वर्षको यसै अवधिमा बैंकले ८३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
बैंकले तीन महिनामा निक्षेप संकलन ८० अर्ब ८९ करोड रुपैयाँ गरेको छ निक्षेप गत वर्षको सोहि ७३ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । बैंकले कर्जा लगानी ६५ अर्ब १० करोड रुपैयाँबाट बढेर ६७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी १ करोड ११ लाख रुपैयाँबाट बढेर २ करोड ३० लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ४५ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्ष यस्तो नाफा ४६ करोड ५० लाख थियो ।
प्रतिक्रिया दिनुहोस