aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लक्ष्मी बैंकले चालू आवको पहिलो त्रैमासमा ३१ करोड २३ लाख नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
लक्ष्मी बैंकले चालू आवको पहिलो त्रैमासमा ३१ करोड २३ लाख नाफा कमायो

काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको अन्य सञ्चालन आम्दानी ५ करोड ५८ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ४४ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्ष यस्तो नाफा ५८ करोड ९६ लाख थियो ।

बैंकको निक्षेप संकलन ९८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८८ अर्ब ४५ करोड रुपैयाँबाट घटेर ८७ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा बैंकको व्यवसायमा नै संकुचन आएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस