
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ७ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४८ करोड ६२ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। नियामकीय जगेडा कोषमा ६६ करोड ४६ लाख रुपैयाँ ट्रान्सफर गरेका कारण बैंकको यस्तो मुनाफा ऋणात्मक हुन पुगेको हो।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ८० लाख रुपैयाँ घटेर १ अर्ब ३४ करोड ३७ लाखमा सीमित भएको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ५ लाख रुपैयाँ घटेर ७२ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया दिनुहोस