aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले प्रस्तुती ५० हजार प्राप्त गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ कार्तिक २०७७
माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले प्रस्तुती ५० हजार प्राप्त गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागिहुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामाआधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदानगरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । कोरोनाभाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमागएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेकाव्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमाल्याएको हो । बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमाग्राहकलक्षित यस्ता प्रतियोगिताको आयोजनागर्देै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस