aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वोमी लघुवित्तको मुनाफामा ५२ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
वोमी लघुवित्तको मुनाफामा ५२ प्रतिशतले वृद्धि

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (Womi Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ४८ लाख रुपैयाँ कमाएको छ, जुन  गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५१ दशमलव ९७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ९५ लाख रुपैयाँ कमाएको थियो ।

१० करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडाकोषमा ९ करोड ४१ लाख रुपैयाँ छुटाएको छ ।

लघुवित्तले निक्षेपमा ५६ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जामा १ अर्ब ६७ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४४ दशमलव ८८ प्रतिशतले वृद्धि गरेको हो । 

जसको खुद व्याज आम्दानी ५२ दशमलव ५४ प्रतिशतले वृद्धि गरी ९ करोड २ लाख रुपैयाँ पुगेको छ । भने संचालन मुनाफा ५५ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ७ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढेको हुदाँ नाफा पनि बढेको हो ।

वोमी लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ७० प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ०८ प्रतिशत, प्रति शेयर आम्दानी ५९ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०७ गुणा, प्रतिशेयर नेटवर्थ १९३ दशमलव १३ रुपैयाँ र तरलता अनुपात १७ दशमलव ७० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस