
काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड एक भएर मंसिर ८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीहरुले मर्जर प्रकृया पुरा गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
नवकिरण लघुवित्तको १०० कित्ता शेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक भएका हुन । मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु हुने कम्नपीले जानकारी दिएको छ । नवकिरण लघुवित्तले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् ।
अधिकृत पूँजी रू. १० करोड रहेको नव किरण लघुवित्तको चुक्तापूँजी रू. ६ करोड ७६ लाख रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत महुली लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी रू. १२ करोड २४ लाख रहेको छ । यी दुई कम्पनीले मर्ज भएपश्चात चुक्तापूँजी रू. १९ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस