aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बाणिज्य बैंकहरुको प्रगति, १६९.६२ प्रतिशत वृद्धिदेखि ४८ करोड बढी ऋणात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ मंसिर २०७७
बाणिज्य बैंकहरुको प्रगति, १६९.६२ प्रतिशत वृद्धिदेखि ४८ करोड बढी ऋणात्मक

काठमाडौं । तिहारअघि सबै जसो बाणिज्य बैंकहरुले चालू आबको तीन महिना(पहिलो त्रैमास) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश बाणिज्य बैंकहरुको नाफामा कोरोनाका कारण गरिएको लकडाउनको प्रभाव देखिएको छ । गत शुक्रबारसम्म धेरै बाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरे । तिमध्ये अधिकांश बाणिज्य बैंकहरुको नाफा र वितरणयोग्य नाफा दुबैमा कोरोनाका गहिरो प्रभाव देखिएको छ । यो महामारीमा पनि केहि बाणिज्य बैंकहरुले भने नाफामा उल्लख्य वृद्धि गरेको पनि देखाएका छन् । 
 
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरीले चालू आबको तीन महिनामा नाफा २२ करोड रुपैयाँमा सिमित भएको छ । यो बैंकले गत आवको पहिलो त्रैमासिकमा ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कोरोनाका कारण सेञ्चुरीको वितरणयोग्य नाफा पनि ११ करोड रुपैयाा ऋणात्मक देखिएको छ । 

गत हप्ता सार्वजनिक गरिएको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले २२ करोड २ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको देखिएको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ११ करोड ६१ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ११ करोड २० लाख रुपैयाँ घटेर ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१ करोड ३५ लाख रुपैयाँ घटेर ३० करोड ७६ लाख रुपैयाँमा झरेको छ । 

 ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ५६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड र रिटेन्ड अर्निङ्गमा ६८ करोड २१ लाख रुपैयाँ थियो । बैंकको पछिल्लो तीन महिनामा निक्षेप ६५ अर्ब ३४ करोड रुपैयाँबाट बढेर ७९ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने कर्जा ५८ अर्ब ४ करोडबाट बढेर ६३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 

नेपाल एसबिआई बैंक
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले २० करोड ५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको यो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ५८ लाख ३० हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४३ करोड ७३ लाख रुपैयाँ घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । बैंकले सञ्चालन मुनाफा ३३ करोड ८६ लाख रुपैयाँ घटेर २८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ ।

८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ सञ्चित छ । 

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २० रुपैयाँ ७० पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ८ रुपैयाँ ९५ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.९५ गुणा रहेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक
यो बैंकको नाफा पनि ६२ करोड रुपैयाँमा खुम्चिएको छ । यो बैंकले गत आवको सोही अवधिमा ८४ करोड रुपैयाँ थियो । उक्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २६.१२ प्रतिशले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा २० करोड ५० लाख ९८ हजार रुपैयाँ रहेको छ । 

 बैंकको खुद ब्याज आम्दानी १० करोड ६३ लाख रुपैयाँ बढेर १ अर्ब ६३ करोड ३५ लाख रुपैया पुगेको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३१ करोड ५१ लाख रुपैयाँ घटेर ८९ करोड ११ लाख रुपैयाँ रहेको छ । 

 बैंकको निष्क्रिय कर्जा २.८४ प्रतिशतबाट बढेर २.८० प्रतिशत पुगेको छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब ३६ करोड रुपैयाँबाट बढेर १ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब ३५ अर्ब ४५ करोडबाट घटेर १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा घटेर १७ रुपैयाँ ५१ पैसा भएको छ । गत वर्ष यस्तो आम्दानी २६ रुपैयाँ २५ पैसा रहेको बैंकको थियो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको नाफा पनि ५० करोडमै खुम्चिएको छ । यसअघि बैंकको नाफा ५२ करोड रुपैयाँ थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ७ लाख रुपैयाँ कम हो । बैंकको वितरण योग्य मुनाफा ४८ करोड ६२ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ८० लाख रुपैयाँ घटेर १ अर्ब ३४ करोड ३७ लाखमा सीमित भएको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ५ लाख रुपैयाँ घटेर ७२ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।

एनएमबि बैंक 
एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ७३ करोड २९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको देखिएको छ ।

 यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड ११ लाख रुपैयाँ अर्थात १६९.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५१ करोड ९१ लाख ५ हजार रुपैयाँ रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी १३ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६४ करोड ८३ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  बैंकको १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । 

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी)ले पहिलो तीन महिनामा ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले यो तीन महिनामा कमाएको यो नाफा गत वर्षको तुलनामा १.६९ प्रतिशतले कम हो । यो बैंकले गत आवको सोही अवधीमा ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १२ करो्ड २५ लाख रुपैयाँ रहेको छ ।

 पहिलो त्रैमासमा बैंकले ७९ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा झण्डै ४ करोड रुपैयाँले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ८३ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले तीन महिनामा निक्षेप संकलन  ८० अर्ब ८९ करोड रुपैयाँ गरेको छ निक्षेप गत वर्षको सोहि ७३ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । बैंकले कर्जा लगानी ६५ अर्ब १० करोड रुपैयाँबाट बढेर ६७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी १ करोड ११ लाख रुपैयाँबाट बढेर २ करोड ३० लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ४५ करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत वर्ष यस्तो नाफा ४६ करोड ५० लाख थियो ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफा ३१ करोड रुपैयाँ छ । यो बैंकले गत आवको सोही अवधीमा ४० करोड रुपैयाँ नाफा कमाएको थियो । लक्ष्मीको वितरणयोग्य नाफा ३ करोड रुपैयाँ मात्रै छ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

 बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको अन्य सञ्चालन आम्दानी ५ करोड ५८ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ४४ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।  गत वर्ष यस्तो नाफा ५८ करोड ९६ लाख थियो ।

बैंकको निक्षेप संकलन ९८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८८ अर्ब ४५ करोड रुपैयाँबाट घटेर ८७ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा बैंकको व्यवसायमा नै संकुचन आएको देखिन्छ ।

राष्ट्रिय बाणिज्य बैंक
 राष्ट्रिय बाणिज्य बैंक ९९ प्रतिशत सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले ३ महिनामा ८२ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा गत वर्षको सोहि अवधिकोभन्दा नाफा २७ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको यो वर्ष पहिलो ३ महिनामा खराब कर्जा अनुपात समेत बढेको छ । बैंकको खराब कर्जा अनुपात ४।१० प्रतिशत छ । अघिल्लो वर्ष ३।५० प्रतिशत थियो ।

वाणिज्य बैंकले असोज मसान्तसम्ममा २ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो वर्ष २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तै कर्जा तर्फ १ अर्ब ४९ करोड रहेको छ । ९ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकको रिजर्बमा १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । यसको वितरणयोग्य मुनाफा भने ४३ करोड रुपैयाँ छ । 

सिभिल बैंकल
सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासामा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासमा ३९.१७ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैंकको नफा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा १२ करोड ९९ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चलान मुनाफामा आएको गिरावटले नाफा खुम्चिएको छ । गत आवको पहिलो त्रैमासमा ६० करोड २९ लाख ३८ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सिमित बनेको छ ।यस्तै सञ्चालन मुनाफा पनि २२ करोड ५९ लाख ५४ हजार रुपैयाँबाट घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको छ । ६९ अर्ब ४० करोड १८ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब ९२ करोड ७८ लाख १५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.९३ प्रतिशत खराब कर्जा रहेको बैंकको अहिले घटेर १.५० प्रतिशत रहेको छ । ४ रुपैयाँ ८३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले चालू आबको तीन महिनामा नाफा बढाउन सफल भएको छ । बैंकको नाफा एक अर्ब २ करोड रुपैयाँ छ । बैंकले गत आवको सोही अवधिमा एक अर्ब मात्रै नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचकांक सामान्य रहेका छन् । गत शुक्रबार  सार्वजनिक विवरणमा पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको देखिएको छ ।  

 बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ गरेको छ। बैंकको सञ्चालन मुनाफा २ करोड ८४ लाख रुपैयाँ बढेर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ।

 बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ  रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा २ अर्ब २ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको  जगेडा कोषमा ५ अर्ब ५४ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड रुपैयाँ थियो।  ४० रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रति शेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४२ रुपैयाँ १४ पैसा पुगेको छ । 

 बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब ६० अर्ब १८ करोडबाट बढेर १ खर्ब ८९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे« बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३६ करोड ९ लाख कमाएको छ । उक्त नाफा गत वर्षको सोहि अवधिको भन्दा ४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  बैंकको वितरणयोग्य नाफा भने ६ करोड रुपैयाँ मात्रै छ । 

पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ रहेको छ। बैंकले ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ९५ करोड २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको खराब कर्जा अनुपात ०.३१ प्रतिशतबाट बढेर ०.४२ प्रतिशत पुगेको शुक्रबार प्रकाशित बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

त्यस्तै बैंकको अन्य सञ्चालन आम्दानी पनि १ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ करोड २३ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ५२ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ५५ करोड ८१ लाख थियो ।

बैंकको निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर ९७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले  १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको हो । बैंकको वितरण योग्य मुनाफा २२ करोड ६१ लाख रुपैयाँ रहेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनाम ३० करोड ५६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको गेडा कोषमा ५१ करोड ८९ लाख रुपैयाँ छुट्याएका कारण बैंकको वितरण योग्य मुनाफा कम हुन गएको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड ८८ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४३ करोड २९ लाख रुपैयाँ बढेर १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ रुपैयाँ ५५ पैसा घटेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ ।  

एभरेष्ट बैंक
यो बैंकको नाफा पनि ३३ करोडमा खुम्चिएको छ । एभेरष्ट बैंकको नाफा गतवर्षभन्दा ५१.५४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा बैंकको नाफा ६९ करोड थियो । बैंकको वितरणयोग्य नाफा पनि १३ करोड रुपैयाँ मात्रै छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तुलनामा ५१.५४ प्रतिशत कम हो । गत आवको यसै अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको व्यवसाय विस्तार खुम्चँदा खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ । 

बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन गरेको ५ अर्ब ६४ करोड ८२ लाख आम्दानीमध्ये वागमती प्रदेशमा मात्रै ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८.९५ प्रतिशत रहेको छ । 
बैंकको कर्जा लगानी ३.३१ प्रतिशतले मात्र बढेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशत अर्थात ४० करोड ९२ लाख २१ हजार रुपैयाँले घटेको छ  । 

चालू आबको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.०३ प्रतिशत, कोषको लागत ५.३७ प्रतिशत, आधारदर ७.०७ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकको यस्तो नाफा ३० करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

बैंकको जगेडा कोषको आकार गत असोज मसान्तको तुलनामा सामान्य घटेर ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोष १८.६७ प्रतिशतले बढेर २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । 

कुमारी बैंक
कुमारी बैंकले चालू आर्थिक वर्षकोे पहिलो त्रैमासको वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा गत वर्षभन्दा यस वर्ष ४९ दशमलव ८९ प्रतिशत बढी भएको छ । यस वर्ष पहिलो त्रैमासमा बैंकले रू. ६० करोड २५ लाख ४३ हजार नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा भने २५ करोड छ । 

यो नाफा गत आवको पहिलो त्रैमासमा  ४० करोड १९ लाख ८८ हजार थियो । यस वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको हो । गत वर्ष  ५६ करोड ६२ लाख ९४ हजार सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष ८६ करोड ५ लाख सञ्चालन नाफा गरेको छ । त्यस्तै गत वर्ष  ९१ करोड ८५ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष  १ अर्ब ३१ करोड ५६ लाख ९६ हजार खुद ब्याज आम्दानी गरेको हो ।

चालू आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड ९१ लाख रहेको छ । हाल बैंकको चुक्तापूँजी  १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ । यस वर्ष बैंकले १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको जगेडा कोषमा  ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार र रिटेन्ड अर्निङमा रू. १ अर्ब ६७ करोड ४ लाख २४ हजार छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब १७ अर्ब २ करोड निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब  ३२ करोड कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव २५ र प्रतिशेयर नेटवर्थ  १४२ दशमलव शून्य ५ रहेको छ ।

प्राइम बैंक
प्राइम कमर्सियल बैंकले गत वर्षको भन्दा यस वर्षको पहिलो त्रैमासमा ५४ दशमलव २४ प्रतिशत बढी खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक २० गते सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार बैंकको नाफा  १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत वर्ष पहिलो त्रैमासमा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

गत वर्ष ९४ करोड ४४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष सोहि अवधिमा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा ५३ दशमलव २७ प्रतिशतले बढेको हो ।

त्यस्तै गत वर्ष १ अर्ब ६ करोड ५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ खर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ यो आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ४६ दशमलव २४ प्रतिशत बढी भएको हो । पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ रहेको छ । 

हाल यस बैंकको चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ छ । बैंकको जगेडा कोष रकम गत वर्षभन्दा १४ प्रतिशत बढी कायम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म ४ अर्ब ७९ करोड ५६ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

यस वर्ष बैंकले गत वर्षभन्दा ४ दशमलव २४ प्रतिशत बढी १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी गत वर्षभन्दा २ दशमलव ७१ प्रतिशत बढी  १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव १४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा भने बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ११ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५४ दशमलव २६ रुपैयाँ रहेको छ ।

नेपाल बैंक
नेपाल बैंकका चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकको नाफा जम्मा ५५ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५८ करोड थियो । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
 
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासमा आर्जन गरेको नाफा गत वर्षको तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा  बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको नाफा घटेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्ष तुलनामा बढी भए पनि यस अवधिमा बैंकले बढी कर तिर्नु पर्दानाफा घटेको हो । बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित कर तिरेको छ । 
यस अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष यस्तो आम्दानी झण्डै १६ करोड रुपैयाँले बढाएको हो ।

बैंकले गत वर्षको तुलनामा खर्च पनि नियन्त्रण गर्दै लगेपनि यो अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ । गत वर्षको तुलनामा बैंकको अन्य सञ्चालन आम्दानी ४ करोड १० लाखबाट बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च ६७ करोड रुपैयाँबाट घटेर ६५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन खर्च १९ करोडबाट घटेर १७ करोडमा झरेको छ ।
गत वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ । यस अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ । 

बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ भने सीसीडि रेसियो ६६.५४ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको आधार दर ६.८१ प्रतिशत छ भने स्प्रेड दर ४.३८ प्रतिशत छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १६.६० गुणा छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले सबैभन्दा पहिला चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण नाफा बढेर ५१ करोड रुपैयाँ पुगेको देखाएको छ । गत आवको सोही अवधीमा बैंकको नाफा ३४ करोड थियो । यसको वितरणयोग्य नाफा भने ९२ लाख रुपैयाँ मात्रै छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

कोभिड प्रभावकै बीच बैंकले चालु आवको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४७.६६ प्रतिशत अर्थात १६ करोड ६४ लाख २२ हजार रुपैयाँ बढी हो ।

बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ ।  गत आवको पहिलो त्रैमासमा ३ करोड ३८ लाख ५३ हजार रुपैयाँ रहेको इन्मेरिमेन्ट चार्ज चालु आवको सोही अवधिमा २ करोड ५१ लाख ५५ हजार रुपैयाँ रिभर्स रहेकोले बैंकको खुद नाफा बढाउन सहयोग मिलेको हो । 

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आवको असोज मसान्तसम्ममा १६ रुपैयाँ २० पैसा रहेको बैंकको यो आम्दानी चालु आवको सोही अवधिमा ६ रुपैयाँ ४९ पैसा बढेर २२ रुपैयाँ ६९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९.४८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा कायम भएको छ ।

असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड ३७ लाख २३ हजार रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ९७ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८२ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

गत आवको असोज मसान्तको तुलनामा बैंकको खराब कर्जाको अनुपात ०.९८ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ । कोभिडका कारण भाका नाघेका कर्जाको अनुपात बढ्न गएको हो ।  कष्ट अफ फण्ड ८.३० प्रतिशतबाट घटेर ६.७९ प्रतिशत पुगेको छ भने बैंकको स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ । बैंकको सिसिडी रेसिया ७३.५० प्रतिशत, बेस रेट ८.८१ प्रतिशत रहेको छ ।

प्रभु बैंक
प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  बैंकले गत वर्षको सोहि अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका कारण खुद नाफा बढ्न पुगेको हो । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ २७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७.२२ गुणा बनाएको छ । 

१० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित ारखेको छ। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा ९९ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ । 

मेगा बैंक
मेगा बैंकको नाफा बढेर ६० करोड पुगेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख ६२ हजार रूपैयाँ रहेको छ । 

सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३८।९७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ५ करोड ५६ लाख रूपैयाँ छ ।

  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा खुद नाफा बढेको हो। पहिलो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै २८ करोड रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निक्षेप संकलन १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब १० अर्ब रुपैयाँबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी पनि २ करोड ५२ लाख रुपैयाँबाट बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ८८ करोड ३४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ६२ करोड ९६ लाख थियो।

नबिल बैंक
नबिल बैंकले चालू आवको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा कमाएको थियो । 

 बैंकको वितरण योग्य नाफा १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएकोमा ६२।८५ प्रतिशतले बढेको हो । चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१।०३ रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा १२ अर्ब ६१ करोड ९६ लाख सञ्चित राखेको बैंकको प्रतिशेयर नेटवर्थ २६७.०८ रुपैयाँ छ ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ९६ अर्ब १५ करोड १५ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आवको प्रथम त्रैमासको तुलनामा १७.९६ प्रतिशतले घटेर १ अर्ब ५७ करोड ४० लाख रुपैयाँमा र सञ्चालन नाफा ७.६७ प्रतिशतले घटेर १ अर्ब ४८ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकको खराब कर्जा अनुपात ०.६५ प्रतिशतमा स्थीर रहँदा पूँजीकोष अनुपात बढेर १२.५९ प्रतिशतमा पुगेको छ । यस्तै निक्षेप संकलन लागत ४.९९, आधारदर ६.६८, कर्जा निक्षेप अनुपात ७३.४८ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २०.९६ गुणा छ ।

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात ४७.२९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ६२ लाख ६२ हजार रुपैयाँ रहेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा समीक्षा अवधिमा ४७ करोड २७ लाख रुपैयाँ घटेर ५१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ सञ्चित छ । 

स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको देखाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७.६८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यो बैंकको वितरणयोग्य नाफा ३८ करोड ८८ लाख रुपैयाँ रहेको छ । 

 बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३१ करोड ४५ लाख रुपैयाँ घटेर ६० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३५ करोड १९ लाख रुपैयाँ घटेर ५८ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ । 

बैंकको ८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५१ करोड रुपैयाँ थियो। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८२ अर्ब २२ करोड रुपैयामा झरेको छ भने कर्जा ५३ अर्ब ९२ करोडबाट घटेर ५० अर्ब १७ करोड रुपैयाँमा झरेको छ । 

कृषि विकास बैंक 
कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९६ प्रतिशतले घटेको  हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा २२ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो ।  पहिलो त्रैमासमा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  यो गत आर्थिक वर्षको तुलनामा झण्डै ३० करोड रुपैयाँले कम हो। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ। यस अवधिमा अन्य सञ्चालन आम्दानी ६ करोड ९८ लाख रुपैयाँबाट बढेर २२ करोड १८ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ६१ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो नाफा ८२ करोड ८० लाख थियो ।

बैंकको गत वर्षको तुलनामा सञ्चालन खर्च बढ्दा नाफा घटेको हो। बैंकको सञ्चालन खर्च १८ करोड ४४ लाख रुपैयाँबाट बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज २५ करोड ३ लाख रुपैयाँबाट बढेर ३१ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब ६३ करोड रुपैयाँबाट घटेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँमा झरेको छ भने कर्जा लगानी १ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँबाट बढेर १ खर्ब २३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा भने केहि घटेको छ ।  बैंकको खराब कर्जा अनुपात ३.७० प्रतिशतबाट घटेर २.३७ प्रतिशतमा झरेको छ । 
हाल १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १६ करोड रुपैयाँ छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५७ करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ८६ लाख रुपैयाँ अर्थात ४१.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  नेपाल बंगलादेश बैंकको पनि वितरणयोग्य मुनाफा भने जम्मा ५ करोड ८९ लाख रुपैयाँ मात्रै छ । 

बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढ्न टेवा पुगेको हो । बैंकको ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ३० लाख रुपैयाँ सञ्चित छ । 

 गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड र रिटेन्ड अर्निङ्गमा ७१ करोड ४१ लाख रुपैयाँ थियो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ करोड ५६ लाख रुपैयाँ घटेर ६९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ बढेर ७८ करोड ३ लाख रुपैयाँ पुगेको छ । 

सनराइज बैंक
सनराइज बैंकको नाफामा भने कोरोनाले ठूलो प्रभाव पारेको देखिन्छ । यो बैंकले चालु आवको पहिलो त्रैमासिकमा जम्मा ३८ करोड रुपैयाँ नाफा गरेको छ । जबकी गत आवको सोही अवधीमा बैंकको नाफा ४५ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

 सनराइज बैंकको खुद नाफा १५ प्रतिशतले घटेकोछ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटे्को हो। पहिलो त्रैमासमा बैंकले ९२ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

 यो गत आर्थिक वर्षको तुलनामा झण्डै १८ करोड रुपैयाँले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको अन्य सञ्चालन आम्दानी भने ११ लाख ५५ हजार रुपैयाँबाट बढेर २ करोड १६ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ५४ करोड ७१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्ष यस्तो नाफा ६४ करोड ५७ लाख थियो । 

बैंकको निक्षेप संकलन ९० अर्ब २२ करोड रुपैयाँबाट बढेर ९१ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८१ अर्ब ३ करोड रुपैयाँबाट बढेर ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात १.२७ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस