aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
राष्ट्रिय वाणिज्य बैंक र सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाँउपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।  

कार्यक्रममा बागमती प्रदेशसभाका सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असूलीमा  सघाउ पुग्ने बताए । गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा (दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य तथा विभागीय प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गरेका थिए ।   

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, सहायक प्रबन्धक राजन घिमिरे, प्रकाश राई, गाँउपालिकाका उपाध्यक्ष दिर्वसिं मुक्तान, गाँउपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।                     
 

प्रतिक्रिया दिनुहोस