
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्सकासनको अनुमति माग्दै महिला लघुवित्त वित्तीय नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले मंसिर ३ गते आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।
आईपीओ निष्काशनको तयारीमा रहेको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६४.१३ प्रतिशत बढी हो ।
प्रतिक्रिया दिनुहोस