aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एनएमबि बैंकमा चौबिसै घण्टा भाइबर, फेसबुक र एनएमबि ई-एपबाट खाता खोल्न सकिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
एनएमबि बैंकमा चौबिसै घण्टा भाइबर, फेसबुक र एनएमबि ई-एपबाट खाता खोल्न सकिन

काठमाडौं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई-एपमार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा ल्याएको छ । योजनाअनुसार ग्राहकले चौबिसै घण्टा बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्छन् । डिपोजिट पनि तुरुन्तै हुने बैंकले जनाएको छ ।

बचत खाता एनएमबिको सोसिअल अन-बोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोबारका लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था छ । ग्राहकले पहिलोपटकको कारोबारमा ई-एनएमबि एपको माध्यमबाट ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उही बैंक र अन्य बैंकमा फन्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस