
काठमाडौं । सानिमा बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडले ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका छन् । बैंक अफ काठमाडौंले १६ लाख कित्ता र सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति पाएका हो ।
१० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत व्याजदरको प्रति ऋणपत्र १ हजार दरको उक्त ऋणपत्र विक्री गर्न बैंक अफ काठमाडौंले कात्तिक २४ गते र सानिमा बैंकले कात्तिक २७ गते स्वीकृति पाएको हो ।
बैंक अफ काठमाडौंले कुल १६ लाख कित्तामध्य ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा जारी गर्नेछ भने ९ लाख ६० हजार कित्ता परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । बैंक अफ काठमाण्डूको ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
त्यस्तै सानिमा बैंकले ४० लाख कित्तामध्य १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने २४ लाख कित्ता परिपत्र विधिबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई विक्री गर्नेछ । सानिमाको ऋणपत्र विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस