aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल एसविआई बैंकले गर्यो ९.४७ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
नेपाल एसविआई बैंकले गर्यो ९.४७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन समेतका लागि ३ दशमलव ४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस