aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बिओके र हिमालयनको डेढ अर्ब रकम तत्काल नआउने भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
बिओके र हिमालयनको डेढ अर्ब रकम तत्काल नआउने भयो

काठमाडौं । बैंक अफ काठमाण्डू र हिमालयन बैंकको मेलम्ची खानेपानी आयोजनामा फसेको रकम तत्काल फिर्ता नआउने भएको छ ।  नोभेम्वर ६ तारिक चीनको जेन्जल उच्च अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको पक्षमा फैसला गरेको थियो । तर, उक्त फैसलामा नै चाइना रेल्व १५ ब्यूरोले त्यहाको उच्च अदालतमा अपिल गर्न पाउने प्रावधान राखेका कारण उच्च अदालतमा गएको बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले आर्थिकन्यूट डटकमलाई बताए । 

तर उक्त मुद्दा पुनरावदेन गरी पाउँ भन्दै चाइना रेल्वेले शुक्रबार हेनाम प्रदेशको उच्च अदालतमा जेन्जल उच्च जिल्ला अदालतको फैसला चित्त नबुझेका त्यहाको हेनम उच्च् अदालतमा मुद्दा दायर गरेको थाहा पाएको अध्यक्ष श्रेष्ठले बताए ।

जेन्जल उच्च अदालतको आदेश चित्त नबुझे चाइना रेल्वेसँग १५–३० दिनभित्र निवेदन दिनसक्ने अप्सन बाँकी थियो उनले भने । अदालतको आदेश आएको १५औं दिनमा चाइना रेल्वेले उच्च अदालतमा मुद्दा हालेको हो । उनले भने, ‘यो मुद्दा पहिला पनि त्यहि अदालतबाट फर्केर आएकाले हामी बलियो छौं ।’

उच्च अदालतबाट नै मुद्दा फर्केकाले आफूहरुले मुद्दा जित्नेमा  विश्वास छौं उनले भने । चिनीयाँ वलिकका अनुसार हाम्रो मुद्दा बलियो छ भनेका छन् उनले भने । आठ वर्ष पहिला मेलम्ची खानेपानी विकास समितिको आयोजनाको सहायक काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूले प्रारम्भिक चरणमा मुद्दा जितेका थिए । 

ठेकेदार चाइना रेल्वे ब्यूरो १५ कम्पनीले मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित तल्लो तहको अदालत झेङजु इन्टरमिडियट पिपल्स कोटले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडू र हिमालयनलाई दिन आदेश जारी गरेको थियो । 

हिमालयन बैंकले ६६ करोड र बैंक अफ काठमाण्डूले ८५ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए । करिब आठ वर्षपछिको प्रयासपछि बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा मुद्दा जिते यो खुशीको खबरको आएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस