aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतमा बैंक तथा वित्तीय ऐनमा व्यापक संशोधनको तयारी, अब ठूला व्यापारीले बैंकमा लगानी गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ मंसिर २०७७
भारतमा बैंक तथा वित्तीय ऐनमा व्यापक संशोधनको तयारी, अब ठूला व्यापारीले बैंकमा लगानी गर्न पाउने

एजेन्सी । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)को आन्तरिक कार्य समूह (आईडब्ल्यूजी) ले बैंकका प्रमोटरको शेयर हिस्सा बढ्न सक्ने बताएको छ ।

शुक्रबार जारी गरेको विज्ञप्तिमा सिफारिसमा निजी बैंकमा प्रवद्र्धकको शेयरको अधिकतम सीमा वर्तमान १५ प्रतिशतबाट पेड./प भोटिंग इक्विटी शेयर पूँजीको २६ प्रतिशत गर्न सकिने सुझाव दिएको छ । समितिले बैंकका सबै गैर प्रवर्द्धक शेयरधारकहरूको लागि बैंकमा शेयरहोल्डिंग सीमा १५ प्रतिशत हुनुपर्ने सुझाव पनि दिएको छ ।  विगत केही वर्षदेखि निजी बैंकका प्रवद्र्धकहरूले बैंकमा रहेको आफ्नो शेयर १५ प्रतिशतमा झार्न दबाबमा दिइरहेका थिए । 

समितिले अब भारतमा पनि त्यहाका ठूला कम्पनी वा औद्योगिक घरानालाई बैंकमा लगानी गर्न खुला गर्न सुझाव दिएको छ । भारतको बैंकिंग नियमन कानुन १९४९ संशोधन गरेर बैंकमा ठूला औद्योगिक घरानालाई बैंकमा लगानी गर्ने बाटो खोल्न सुझाव दिएको छ ।  

समितिले युनिभर्सल बैंक इजाजतपत्रका लागि न्यूनतम शुरुवात पूंजी ५००० करोड रुपैयाँ भारुबाट बढाएर १,००० करोड रुपैयाँ भारु गर्न सुझाव दिएको छ ।  सानो फाइनान्स बैंकका लागि यसलाई २०० करोडबाट बढाएर ३०० करोड रूपैयाँ गर्न सुझाव दिएको छ ।   आईडब्ल्यूजीका सिफारिसहरू आरबीआई वेबसाइटमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस