
काठानडौं । यूरोपको लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता मुक्तिना थविकास बैंक भएको छ । मुक्तिना थविकास बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आयभएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहक मैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिताका लागि अवार्ड दिएको हो ।
त्यसले सदस्यको जीवनमापारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०”कोप्रथम पुरस्कारबाट पुरस्कृत भएको छ ।
“युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को लागि ३७ राष्ट्रबाट७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिना थविकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आयभएका सदस्यहरुलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्नकार्यहरु गरिने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरु मध्ये ११८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवाप्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवालिई रहनु भएको छ भने यो क्षेत्रमा १७अर्ब रुपैयाँभन्दा बढी लगानीमा रही रहेको छ ।
प्रतिक्रिया दिनुहोस