
आफ्नो आवश्यक्ता परिपुर्ति गर्नको लागी तपाइ हामी सबैले अरुबाट ऋण लिने गरेका छौ । ऋण साना तथा ठुला प्रयोजनका व्यक्ति तथा बैंकहरुबाट लिइने गरिन्छ । कुनै काम गर्नको लागी आफुसँग पैसा नपुग भएको अबस्थामा बैंक तथा वित्तिय संस्था साथै कुनै व्यक्तिबाट सापटी लिइने गरिन्छ । बैंकबाट ऋण लिनु आफैमा नराम्रो होइन । तर लिइएको ऋणको राम्रो सदुपयोग गर्न नसकिएमा त्यसले भविष्यमा आर्थिक रुपमा संकट निम्त्याउने गर्दछ । अरुबाट लिएको ऋण मार्फत नै व्यबसाय गरि करोडौ आम्दानी गरेको साथै ऋणको राम्रो सदुपयोग गर्न नजान्दा करोडपतिबाट सडकमा आएका प्रशस्त उदाहरणहरु रहेका छन् । त्यसैले बैंकबाट ऋण लिँदा अपनाउनुहोस् यस्ता उपायः
१. सर्वप्रथम कुन प्रयोजनको लागी के के शिर्षकमा खर्च गर्ने ? साथै समग्र खर्चको विवरण बनाउनुपर्दछ ।
२. आफूले लगानी गर्न लागेको क्षेत्रको बारेमा विस्तृत अध्ययन गरि भविष्यमा कति आम्दानी गर्न सकिन्छ त्यसको मुल्यांकन तयार बनाउनुहोस्
३. कुन बैंक तथा वित्तिय संस्थाबाट ऋण लिँदा सस्तो, सरल व्याज तथा कम झन्झटिलो हुन्छ त्यसको बारेमा अध्ययन गर्नुहोस्
४. ऋण लिनुभन्दा पहिले तपाइले व्यबसायीक योजना बनाउनुभएको हुनुपर्दछ। यसरी योजना बनाउदा आफुलाइ आवस्यक पर्ने भन्दा बढि ऋण नलिनुहोस। बढि ऋण लिँदा बढि नै व्याजदर पर्ने हुन्छ ।
५. तपाइले ऋण जुन प्रयोजनको लागी लिनुभएको त्यसैको लागी खर्च गर्नुहोस ।अन्यथा बैंकबाट तपाईप्रतिको विस्वासनीयता घट्न गइ पछिका दिनमा ऋण नपाउने सम्भावना हुन्छ ।
प्रतिक्रिया दिनुहोस