aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ग्लोबल आईएमइ बैंक मुस्ताङको घरपझोङमा पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
ग्लोबल आईएमइ बैंक मुस्ताङको घरपझोङमा पुग्यो


काठमाडौं । ग्लोबल आइएमई बैंकले मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  उक्त नयाँ शाखा आइतबारदेखि संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा संचालन गर्दै आएको छ।

बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस