aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सनराइज बैंकको लाभांश प्रस्ताव, ५.८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ मंसिर २०७७
सनराइज बैंकको लाभांश प्रस्ताव, ५.८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि ८ दशमलव २८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले ५ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ दशमलव ४८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल यस बैंकको चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हुनेछ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । 


 

प्रतिक्रिया दिनुहोस